अक्षयकुमारको जन्मदिनमा चलचित्र ‘पृथ्वीराज’ को टीजर रिलिज (भिडियो )

बलिउडको चर्चित फिल्म निर्माण ब्यानर यशराज फिल्म्सले आफ्नो स्वर्ण जयन्तीको अवसरमा ऐतिहासिक फिल्मको घोषणा गरेको छ । यशराजले चर्चित हिन्दु राजा पृथ्वीराज चौहानको जीवनीमा अहिलेका बलिउडका चर्चित अभिनेता अक्षयकुमारलाई लिएर फिल्म बनाउने घोषणा गरेको हो । अक्षयकुमारको को पुर्व सन्ध्यामा यशराजले फिल्मको घोषणा गरेको हो ।

सन् १९७० मा स्थापना भएको यशराज फिल्म्स आउदो बर्ष ५० बर्ष पूरा गर्दै छ । यशराज चोपडाले यशराज फिल्म्सको स्थापना गर्दै राजेश खन्ना, शर्मिला टेगोर र राखीलाई लिएर फिल्म दाग बनाएका थिए । १९७० मा घोषणा गरेर १९७३ मा यो फिल्म रिलिज गरिएको थियो । यशराज फिल्म्सले सन् २०२० लाई आफ्नो स्वर्ण जयन्ती भव्यरुपमा मनाउने तयारी स्वरूप फिल्म पृथ्वीराजको घोषणा गरेको छ ।

password

यशराजको घोषणापछि अभिनेता अक्षयकुमारले भारतका निडर राजाको जीवनीमा बन्न लागेको फिल्ममा आफूले अभिनय गर्ने अवसर पाउनु आफ्नो लागि सम्मानको विषय भएको बताएका छन् । उनले भने,’पृथ्वीराज चौहानको मुल्य र मान्यतानै भारतको पहिचान हो । यस्ता नायकको गाथाको प्रचारप्रसार गरेर सबैलाई उनको बारेमा बताउनु आफ्नो जिम्मेवारी समेत हो ।’

यस फिल्मलाई ऐतिहासिक धारावाहिक चाणक्य निर्देशन गरेका निर्देशक चन्द्र प्रकाश द्विवेदीले निर्देशन गर्ने भएका छन् । यो फिल्म २०२० को दिपावलीमा रिलिज हुने छ ।

password

Namaste Filmy

Read Previous

लण्डनमा बसेर ‘पासवर्ड’निर्माण गरेका कलाकार विक्रम जोशी चलचित्रको बारेमा के भन्छन ….

Read Next

दशैंमा प्रदर्शनमा आउने चलचित्र ‘काले दाई’को ट्रेलर सार्वजनिक (भिडियो )