दशैंमा प्रदर्शनमा आउने चलचित्र ‘काले दाई’को ट्रेलर सार्वजनिक (भिडियो )

बिजयादशमीको अवसरमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘काले दाई’को ट्रेलर सार्वजनिक गरिएको छ। यहि  असोज १७ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाइ शिव शर्माले निर्देशन गरेका हुन् ।

नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ। चलचित्रमा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतको अभिनय रहेको छ।

चलचित्रको कथा ईन्द्र रामजाली र किशन अर्यालले लेखेका हुन् । चलचित्रमा पवन गौतमको छायांकन, कुमार महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्नेछ।

password

password

Namaste Filmy

Read Previous

अक्षयकुमारको जन्मदिनमा चलचित्र ‘पृथ्वीराज’ को टीजर रिलिज (भिडियो )

Read Next

‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ को घोषणा