चलचित्र ‘चपली हाइट ३’ निर्माणको घोषणा ,स्वस्तिमा खड्का र महेश त्रिपाठी मुख्य भूमिकामा

मंगलबार राजधानीमा एक कार्यक्रम आयोजना गरेर निर्माता अर्जुनकुमारको चलचित्र ‘चपली हाइट ३’ निर्माणको घोषणा गरिएको छ ।‘चपली हाइट–३’ लाई निकेश खड्काले निर्देशन गर्नेछन् । यसअघि अर्जुनकुमारको चलचित्र ‘फाटेको जुत्ता’ पनि खड्काले नै निर्देशन गरेका थिए ।

‘चपली हाइट ३’मा नयाँ अभिनेता महेश त्रिपाठी र अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहने भएको छ । त्यस्तै फिल्म ‘रणवीर’ बाट देखिएकी अभिनेत्री सुपुष्पा भट्ट र नव-अभिनेता प्रतिक श्रेष्ठको पनि फिल्ममा भुमिका रहने छ ।

यसअघि अर्जुनकुमारको ‘चपली हाइट–१’ र ‘चपली हाइट–२’मा लेखन तथा निर्देशन दीपेन्द्र के खनालको थियो । अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले संयुक्त रुपमा बन्न लागेको फिल्म चैतमा प्रदर्शनमा आउने तयारीका साथ छायांकन सुरु हुने भएको छ ।

कार्यक्रममा अभिनेत्री स्वस्तिमाले कथावस्तु राम्रो लागेका कारण फिल्म छाड्न नसकेको बताइन् । ‘मलाई आफ्नो भूमिका निकै शक्तिशाली लाग्यो । टिम पनि राम्रो पाएँ । नाम नै ब्रान्ड भइसकेको सिरिजमा आबद्ध हुन पाउँदा निकै खुसी महशुस भएको छ’, उनले भनिन् ।

‘चपली हाइट ३’ को औपचारिक घोषणा सभामा निर्माता अर्जुन कुमारले यसपछि ‘फाटेको जुत्ता’ को दोस्रो पार्ट ‘बर्मजंगको भिडियो’ र ‘खै’ नामक फिल्म’पनि बनाउँने बताएका छन् ।

password

Namaste Filmy

Read Previous

चलचित्र ‘निल काँडा’ को शुभ मुहर्तसगै छायाँकन सुरु

Read Next

शुभ मुर्हुतसगै विपिन कार्की अभिनित चलचित्र ‘सेल्फी किंग’को छायाँकन शुरु