शुभ मुर्हुतसगै विपिन कार्की अभिनित चलचित्र ‘सेल्फी किंग’को छायाँकन शुरु

चलचित्र ‘सेल्फी किंग’को छायाँकन शुरु भएको छ । मंगलबार बिहान भक्तपुरको गणेश मन्दिरमा शुभमुर्हुत चलचित्रको छायाँकन सुरु गरिएको हो ।निर्माण पक्षका अनुसार ‘सेल्फी किंग’को नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा चलचित्रले भन्नेछ ।

छायाँकनका लागि दशैं अघि र दशैं पछि गरि २ सेड्युल तयार गरिएको निर्माण पक्षले जनाएको छ । दशैं अघिको सेड्युल आजबाट शुरु भएको छ । २५ दिन लामो पहिलो सेड्युलमा सोलुखुम्बु, खुर्कोट, घुर्मि लगायत काठमाडौं देखि सोलुखुम्बु सम्मका बिभिन्न स्थानमा फिल्मको छायाँकन हुनेछ ।

चलचित्रमा विपिन कार्की,लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ ।चलचित्रमा अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय रहनेछ ।

चलचित्रलाई बिशाल सापकोटाले निर्देशन गर्दैछन् । गत वर्ष व्यवसायिक र समिक्षात्मक दुबै रुपमा सफल चलचित्र ‘प्रसाद’ का निर्माता सुभाष थापा र सोही चलचित्रका निर्देशक दिनेश राउतले संयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्रमा निर्देशक बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, निर्मल लामाको कोरियोग्राफी रहने छ । चलचित्रका सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।

password

Namaste Filmy

Read Previous

चलचित्र ‘चपली हाइट ३’ निर्माणको घोषणा ,स्वस्तिमा खड्का र महेश त्रिपाठी मुख्य भूमिकामा

Read Next

संचारकर्मी कुमार आचार्यको निर्देशनमा सिडी विजयको ‘मेरो मुटु’को भिडियो सार्वजनिक