संचारकर्मी कुमार आचार्यको निर्देशनमा सिडी विजयको ‘मेरो मुटु’को भिडियो सार्वजनिक

द भ्वाइस अफ नेपाल पहिलो सिजनका विजेता सिडी विजय अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मेरो मुटु’ बोलको मन छुने गीतमा संगीत राजेश थापाको रहेको छ भने शब्द पदमा मगरको रहेको छ।

करिब दुई दशक देखि संचार क्षेत्रमा सक्रिय कुमार आचार्यले निर्देशन गरेको भिडियोलाइ रामेश्वर हुमागाईंले छायांकन गरेका हुन्। विजय तिखातारिले सम्पादन गरेको भिडियोमा हरिश खनालले सहायक निर्देशकको रुपमा कार्य गरेका छन्।

भिडियोमा अनुस्का खड्का र पुस्कर केसी फिचर्ड छन्। अर्नव फिल्मस्ले निर्माण गरेको भिडियो सेलिब्रेटी नेपालको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।

password

Namaste Filmy

Read Previous

शुभ मुर्हुतसगै विपिन कार्की अभिनित चलचित्र ‘सेल्फी किंग’को छायाँकन शुरु

Read Next

प्रियंका चोपडा अभिनित फिल्म ‘द स्काई इज पिंक’ को ट्रेलर सार्वजनिक (भिडियो)