प्रियंका चोपडा अभिनित फिल्म ‘द स्काई इज पिंक’ को ट्रेलर सार्वजनिक (भिडियो)

हलिउडमा राम्रो स्थान बनाएकी अभिनेत्री प्रियंका चोपडाको बलिउड फिल्म ‘द स्काई इज पिंक’ को ट्रेलर सार्वजनिक भएको छ । प्रियंकाको करिब ३ बर्षपछि बलिवुडमा पुनरागमन हुन लागेको यस फिल्ममा उनी फरहान अख्तरको अपोजिट देखिएकी छन् ।

यस फिल्ममा प्रियंका, फरहानका अलावा दंगल फेम अभिनेत्री जायरा वसीमको समेत अभिनय रहेको छ । जायराले यस पछि अर्को कुनै बलिवुड फिल्ममा अभिनय नगर्ने घोषणा गरेकी हुनाले सम्भवत उनको यो अन्तिम फिल्म हुने छ ।

आगामी अक्टोबर ११ मा रिलिज हुने यो फिल्मलाई सोनाली बोसले निर्देशन गरेकी छन् । यो फिल्म आयशा चौधरीको जीवनीमा आधारित रहेको छ । जो १३ बर्षको उमेरमा पल्मनरी फाईब्रोसीस रोगबाट ग्रसित भएर पनि एक मोटिभेस्नल स्पिकर बनेकी थिइन् । यहि सेप्टेम्बर १३ मा टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिवलमा यस फिल्मको प्रिमियर समेत रहेको छ । प्रियंकाले सलमान खानसँगको फिल्म भारत छोडेर यो फिल्म साइन गरेकी थिइन् ।

password

Namaste Filmy

Read Previous

संचारकर्मी कुमार आचार्यको निर्देशनमा सिडी विजयको ‘मेरो मुटु’को भिडियो सार्वजनिक

Read Next

चलचित्र ‘पासवर्ड’ को प्रिमियरमा सन्नी लियोनी भोलि नेपाल आउने