चलचित्र ‘पासवर्ड’ को प्रिमियरमा सन्नी लियोनी भोलि नेपाल आउने

चलचित्र ‘पासवर्ड’ को प्रिमियर शो को लागि चर्चित बलिउड अभिनेत्री सन्नी लियोनी भोलि (बिहिबार) नेपाल आउने भएकी छिन् । सन्नी आफु अभिनित उनी आफुले आइटम डान्स गरेको नेपाली चलचित्र ‘पासवर्ड’ को प्रिमियर शो को लागि नेपाल आउन लागेकी हुन् ।

उनि २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गर्नेछिन् । भाद्र २७ गते देखि सार्बजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘पासवर्ड’को भोलि साँझ ७ बजे राजधानीको कुमारी हलमा प्रिमियर राखिएको छ । उक्त प्रिमियरमा सहभाही हुन सन्नी नेपाल आउन लागेकी हुन् ।

सन्नीले यस अघी सामाजिक सन्जालमा एक भिडियो पोष्ट गर्दै आफु नेपाल आउने जानाकारी दिएकी थिईन् ।उक्त भिडियो मार्फत उनले नेपाली दर्शक र शुभचिन्तकहरुलाई ‘पासवर्ड’ को ग्राण्ड प्रिमियरमा आफु सहभागी हुने जानकारी गराएकी थिईन् । सन्नि तीन दिनसम्म नेपाल बस्ने कार्यक्रम रहेको छ । जुन समयमा उनले फिल्मको प्रचार प्रसारमा पनि सघाउनेछिन् ।फिल्ममा उनले ‘आजको साम’ बोलको गीतमा आइटम डान्स गरेकी छिन् ।

भदौ २७ गते रिलिज हुने चलचित्र ‘पासवर्ड’लाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा सन्नीसँगै अनुपबिक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको अभिनय छ । चलचित्रको ‘आजको साम’ बोलको गीत र ट्रेलर रिलिज भईसकेको छ ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् ।अकिंत गौतम कार्यकारी निर्माता रहेको फिल्ममा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् ।एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको ‘पासवर्ड’सौरभ लामाले छायाँकन गरेका हुन् । चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेको हुन् ।

अंकित गौतम कार्यकारी निर्माण रहेको सिनेमामा निर्माताको रुपमा अमित बस्नेत र हिराल जोशी छन् । भने, युकेको लागि कार्यकारी निर्माताको भूमिका मोहित छब्राले निभाएका छन् । अजित के.आर थापाको सह-लगानी रहेको सिनेमाको लाइन प्रोड्युसर सनिश खकुरेल हुन् ।

password

Namaste Filmy

Read Previous

प्रियंका चोपडा अभिनित फिल्म ‘द स्काई इज पिंक’ को ट्रेलर सार्वजनिक (भिडियो)

Read Next

चलचित्र ‘आमा’को छायाँकन सकियो