चलचित्र ‘आमा’को छायाँकन सकियो

चलचित्र ‘आमा’को छायाँकन सकिएको छ। फ्लोरमा निस्किएको झण्डै ७० दिनपश्चात बुधबारबाट चलचित्रको छायांकन सकिएको चलचित्रका लेखक/निर्देशक तथा छायांकार दीपेन्द्र के. खनालले जानकारी दिए।चलचित्रको अधिकांश सिन पानीमा खिच्नुपर्ने भएकोले छायांकन लम्बिएको निर्देशक खनालले बताए।

‘हामीले कुनै पनि सिनमा कम्प्रमाइज गरेका छैनौं। पानीमा खिच्नुपर्ने सिनहरु धेरै थियो। पानी कुरैरे चलचित्र खिचेका छौं’–उनले भने। चलचित्रका लागि सम्पूर्ण टिमले कडा मेहनत गरेकोले काम राम्रो भएको उनले बताए। अभिनेत्री सुरक्षा पन्तले त चलचित्रको कथामा आफूलाई फिट देखाउन कपाल मुन्डन गराएकी थिइन्।
password
काठमाडौं र सिन्धुलीमा चलचित्रको छायाँकन गरिएको हो। आमा र छोरीबिचको सम्बन्धलाई देखाउने चलचित्रमा मिथिला शर्मा र सुरक्षा पन्त आमाछोरीको भूमिकामा छन्।

त्यस्तै सरिता गिरी, मनिष निरौला, आशान्त शर्मा, देशभक्त खनाल लगायतको चलचित्रमा अभिनय छ। शर्मीला पाण्डेको लगानी रहेको चलचित्र आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउने निर्माण यूनिटले जनाएको छ।

password

Namaste Filmy

Read Previous

चलचित्र ‘पासवर्ड’ को प्रिमियरमा सन्नी लियोनी भोलि नेपाल आउने

Read Next

मेलिना राई र महेश काफ्लेको स्वरमा ‘माया बिरानी’सार्वजनिक (भिडियो)