मेलिना राई र महेश काफ्लेको स्वरमा ‘माया बिरानी’सार्वजनिक (भिडियो)

 गायक महेश काफ्लेको ‘माया बिरानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।यस अघि  ‘नाच फिरिरि’बाट आफुलाई स्थापित बनाउन सफल जि २१ डिजिटलको प्रस्तुती समेत रहेको उक्त म्युजिक भिडियो जि २१ डिजिटलको अफिसियल यु-ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गीतमा महेश काफ्ले र मेलिना राईको स्वर रहेको छ । महेश काफ्लेको शब्द / सङ्गीत रहेको गीतलाई उदय राज पौडेलले म्युजिक एरेन्ज गरेका हुन् । गीतको भिडियोमा भने नायक नाजिर हुसेन, नायिका आँचल शर्मा र गायक महेश काफ्लेलाई फिचर गरिएको छ ।असिम शाहले निर्देशन गरेको उक्त भिडियोलाई हरी हुमागाई र उत्तम हुमागाईले खिचेका हुन् भने सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् ।
https://www.youtube.com/watch?v=-kVUygjWVG4
password

Namaste Filmy

Read Previous

चलचित्र ‘आमा’को छायाँकन सकियो

Read Next

साम्राज्ञी र अंकितको चलचित्र ‘रातो टीका निधारमा’को अफिसियल पोस्टर सार्वजनिक