साम्राज्ञी र अंकितको चलचित्र ‘रातो टीका निधारमा’को अफिसियल पोस्टर सार्वजनिक

अशोक शर्मा निर्देशित चलचित्र ‘रातो टीका निधारमा’को अफिसियल पोस्टर सार्वजनिक भएको छ ।दशैँ लक्षित सिनेमाको पोस्टर रातो टिका र जमराको रङ्गले पोतिएको छ । जसले दशैँ आएको भान गराउछ । यसै शुक्रबार सिनेमाको शिर्ष गीत सार्वजनिक गरिदैछ । सिनेमा ‘अल्लारे’को सुपरहिट गीत ‘रातो टिका निधारमा’लाई रिमेक भर्सनमा ढालिएको छ ।

चलचित्रको  पोस्टरमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मालाई सर्वाधिक स्थान दिइएको छ ।साथमा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकार पनि अटाएका छन् ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको सिनेमामा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । सिनेमामा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।चलचित्र ‘रातो टीका निधारमा’असोज  १० गते बाट प्रदर्शनमा आउदै छ ।

password

Namaste Filmy

Read Previous

मेलिना राई र महेश काफ्लेको स्वरमा ‘माया बिरानी’सार्वजनिक (भिडियो)

Read Next

राजेश पायल राई र अन्जु पन्तको स्वरमा चलचित्र ‘प्रेम संसार’ गीत सार्वजनिक (भिडियो)