रानु मण्डलको पहिलो गीत ‘तेरी मेरी कहानी’ रिलिज (भिडियो )

भारतीय गायक तथा संगीतकार हिमेश रेशमिया र नवगायिका रानु मण्डलको पहिलो गीत सार्वजनिक भएको छ। बिहीबार इन्टरनेटमा सार्वजनिक ‘तेरी मेरी कहानी’ बोलको गीतमा रानु र हिमेश स्वर सुन्न सकिन्छ।

हिमेशको नयाँ बलिउड फिल्म ‘ह्याप्पी, हार्डी एन्ड हीर’मा समावेश गीतमा हिमेशले रेलवे स्टेसनमा जीवन चलाउँदै आएकी रानुलाई गाउने अवसर दिलाएका थिए।

रेलवे स्टेसनमा गाउँदै भिख मागेर जीविका चलाइरहेकी रानुको बलिउडमा यो पहिलो व्यवसायिक गीत हो। जीवनको उत्तरार्धतिर रेलवे स्टेसनबाट रेकर्डिङ स्टुडियोमा आएर रानुले गाएको गीत सुन्न दर्शक प्रतिक्षारत थिए।साब्बिर अमेदको शब्द तथा गायक हिमेशकै संगीत रहेको गीत सार्वजनिक भएको २४घन्टामा ५५ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन्।

password

Namaste Filmy

Read Previous

राजेश पायल राई र अन्जु पन्तको स्वरमा चलचित्र ‘प्रेम संसार’ गीत सार्वजनिक (भिडियो)

Read Next

बलिउड अभिनेत्री सन्नी लियोनी चलचित्र ‘पासवर्ड’ को प्रिमियरको लागि नेपाल आइपुगिन्