बलिउड अभिनेत्री सन्नी लियोनी चलचित्र ‘पासवर्ड’ को प्रिमियरको लागि नेपाल आइपुगिन्

चर्चित बलिउड अभिनेत्री सन्नी लियोनी आज (बिहिबार) नेपाल आएकी छिन् । सन्नी आफु अभिनित उनी आफुले आइटम डान्स गरेको नेपाली चलचित्र ‘पासवर्ड’ को प्रिमियर शो को लागि नेपाल आएकी हुन् ।

उनी बिहीबार दिउँसो साढे ४ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गरिन् । विमानस्थालमा उनलाई स्वागत गर्न फिल्मका निर्देशक सम्राट बस्नेतसहित कलाकार र निर्माता पुगेका थिए । फिल्मको टिमले उनलाई खादा र राष्ट्रिय झण्डा अंकित भादगाउँले टोपी लगाएर न्यानो स्वागत गर्‍यो । भाद्र २७ गते देखि सार्बजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘पासवर्ड’को आज साँझ ७ बजे राजधानीको कुमारी हलमा प्रिमियर राखिएको छ । उक्त प्रिमियरमा सहभाही हुन सन्नी नेपाल आउनआएकी हुन् ।

सन्नीले यस अघी सामाजिक सन्जालमा एक भिडियो पोष्ट गर्दै आफु नेपाल आउने जानाकारी दिएकी थिईन् ।उक्त भिडियो मार्फत उनले नेपाली दर्शक र शुभचिन्तकहरुलाई ‘पासवर्ड’ को ग्राण्ड प्रिमियरमा आफु सहभागी हुने जानकारी गराएकी थिईन् । सन्नि तीन दिनसम्म नेपाल बस्ने कार्यक्रम रहेको छ । जुन समयमा उनले फिल्मको प्रचार प्रसारमा पनि सघाउनेछिन् ।फिल्ममा उनले ‘आजको साम’ बोलको गीतमा आइटम डान्स गरेकी छिन् ।

भदौ २७ गते रिलिज हुने चलचित्र ‘पासवर्ड’लाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा सन्नीसँगै अनुपबिक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको अभिनय छ । चलचित्रको ‘आजको साम’ बोलको गीत र ट्रेलर रिलिज भईसकेको छ ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् ।अकिंत गौतम कार्यकारी निर्माता रहेको फिल्ममा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् ।एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको ‘पासवर्ड’सौरभ लामाले छायाँकन गरेका हुन् । चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेको हुन् ।

अंकित गौतम कार्यकारी निर्माण रहेको सिनेमामा निर्माताको रुपमा अमित बस्नेत र हिराल जोशी छन् । भने, युकेको लागि कार्यकारी निर्माताको भूमिका मोहित छब्राले निभाएका छन् । अजित के.आर थापाको सह-लगानी रहेको सिनेमाको लाइन प्रोड्युसर सनिश खकुरेल हुन् ।

password

Namaste Filmy

Read Previous

रानु मण्डलको पहिलो गीत ‘तेरी मेरी कहानी’ रिलिज (भिडियो )

Read Next

फ्राइडे रिलिज :सन्नी लियोनी अभिनित चलचित्र ‘पासवर्ड’प्रदर्शनमा