फिल्म ‘सम्हाली राख है’को फष्टलुक सार्वजनिक

फिल्म ‘सम्हाली राख है’को फष्टलुक सार्वजनिक भएको छ । फिल्मको प्रचारका लागि तयार पारेको एक पोष्टर निर्माण युनिटले फष्टलुकको रुपमा ल्याएको हो । फष्टलुक हेर्दा फिल्ममा र रोमान्सले भरिपुर्ण रहेको अनुमान गर्न सकिन्छ ।फष्टलुकसँगै फिल्मको आधिकारीक प्रचार समेत सुरु भएको निर्माण जुनिटले जनाएको छ ।

अर्जुन कुवँर, सितल केसी, राजेन्द्र गोपाली, आरोहि बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्की लगायत कलाकारको अभिनय रहेको फिल्ममा बिक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको एक्सन, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत समेटिएको छ ।

तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा शंकर कार्कीको प्रस्तुति रहेको फिल्म हरिकृष्ण महर्जनले निर्माण गरेका हुन् । श्यामकृष्ण महर्जन सह निर्माता रहेको फिल्ममा आरएल मोक्तानको निर्देशन रहेको छ ।

सम्पादन सकेर हाल धमाधम डबिङ भइरहेको फिल्ममा दशै र तिहारको बिच पारेर रिलिज गर्ने योजनामा निर्माण युनिटको रहेको छ । निर्देशक आर एल मोक्तानकै पठकथा सम्वाद रहेको फिल्मका मुख्य सहायक निर्देशक सुमन चापागाइ हुन् । काठमाडौ, कुलेखानी र दोलखाको आकर्षक दृश्य फिल्ममा समेटिएका छन् । फिल्म सबै नेपालीले एकपटक हेर्नु पर्ने बनेको निर्देशक मोक्तानले बताए ।

password

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज :सन्नी लियोनी अभिनित चलचित्र ‘पासवर्ड’प्रदर्शनमा

Read Next

चलचित्र ‘रातो टिका निधारमा’ को शिर्ष गीत सार्वजनिक (भिडियो)