चलचित्र ‘रातो टिका निधारमा’ को शिर्ष गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘रातो टिका निधारमा’ को शिर्ष गीत सार्वजनिक गरिएको छ ।राजेश हमाल र करिश्मा मानन्धर अभिनित चलचित्र ‘अल्लारे’मा समावेश गीत ‘रातो टिका निधारमा टलक्क टल्कियो’लाई रि-एरेन्ज गरिएको हो ।

‘रातो टिका निधारमा’ गीतमा शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतलाई प्रमोद खरेल र मेलिना राईले गाएका छन् । यसको ओर्जिनल भर्सनमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर थियो । गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्माले ठुम्का लगाएका छन् । शहदेव ढुंगानाले शब्द सिर्जना गरेको गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ ।

गीतमा चलचित्रका कलाकारहरु रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकार पनि अटाएका छन् ।

वैदेशिक रोजगारको विषयमा तयार ‘रातो टिका निधारमा’माए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको सिनेमामा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । सिनेमामा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।

password

Namaste Filmy

Read Previous

फिल्म ‘सम्हाली राख है’को फष्टलुक सार्वजनिक

Read Next

अक्षय कुमारको ‘मिशन मंगल’ले भारतमा २०० करोड कमायो