ठमेलमा अक्षयकुमार । दुई घण्टा जाम ।

[dropcap][/dropcap]तिबेला बलिउड एक्सन किङ अक्षय कुमार नेपालमा छन । उनी फिल्म बेबी को छयांकनको लागी विगत चार दिन यता राजधानी काठमण्डौमा छन । सुटिङकै क्रममा उनी सोमबार ठमेल परिसर पुगेका थिए । अक्षय ठमेल पुग्दा त्यहा देशकै भी आइ पी र संवेदनशील ब्यक्ति आएजस्तै सुरक्षा ब्यवस्था कडा पारिएको थियो ।akshyaठमेल को मण्डला स्ट्रीटमा अक्षयले फिल्मको लागी सट दिइरहदा सर्वसाधारणलाई अवगमनमा रोक लगाइएको थियो । सुटिङ चलुन्जेल ठमेल परिसरमा सवारी साधन पनि चल्न दिइएको थिएन । त्यस्तै समाचार खोज्दै पुगेका पत्रकार तथा सञ्चारकर्मीलाई पनि माथीको आदेश भन्दै अघि बढन दिएन । अक्षयको सुरक्षाको लागी प्राइभेट सुरक्षा कम्पनी जी फोर्स र नेपाल प्रहरीको कयौ जवान तैनाथ गरिएको थियो । यसरी कडा सुरक्षाका बीच वरीपरी अजंगको शरीर भएका बडिगार्ड हरु भएका अक्षयले करिब २ घण्टामा त्यहाको सुटिङ सकाएका थिए ।
अक्षयकुमार नाम निश्चित नभइसकेको एक हिन्दी फिल्मका छयांकनको लागी नेपाल आएका हुन । बिकास बोर्डमा फिल्मको नाम बसन्ती उल्लेख भएको भए पनि स्पटमा भने फिल्मको नाम बेबी भनिएको छ । यद्यपि फिल्मको नाम अन्य कुनै पनि हुन सक्ने सम्बन्धित ब्यक्तिको भनाई छ ।akshya1फिल्मको छयांकन नसकुञ्जेल फिल्मका कुनैपनि कर्मचारीलाई फिल्मको बारेमा बोल्न र कलाकारहरुलाई फोटो खिचाउन रोक लगाइएकोले फिल्मको यकिन कुराहरु थाहा हुन नसकेको हो । फिल्मको छयांकनमा दर्जनौ नेपाली कलाकार तथा प्राविधिक ले पनि काम गरिरहेका छन । नेपाली अभिनेता सुधांशु जोशी, निर्देशक रामराजा दहाल पनि फिल्ममा आबद्ध छन । त्यस्तै अक्षयकुमार संगै तपसी पन्नु पनि फिल्मको मुख्य कलाकार हुन ।

फिल्मको भक्तपुर दरवार स्क्वायर मा पनि छयांकन गरिनेछ । त्यस्तै त्रिभुवन विमानस्थलमा पनि फिल्म खिचिनेछ । तर सम्बन्धित अधिकारीले भने विमानस्थल लाई झुर भनेर फिल्ममा चित्रण गर्न खोजिएको भन्दै चिन्ता समेत ब्यक्त गरेका छन । छयांकनको लागी बिमानस्थलसंग फिल्म युनिटले अनुमति नलिएको पनि बताइन्छ ।

Photo by: Ratopati

Namaste Filmy

Read Previous

दिपीकाको गलामा रणवीरको प्यार निशानी ।

Read Next

यो निर्देशक समाज मैले विरासतबाट प्राप्त गरेको होइनः अध्यक्ष डिसि