परदेशिएका नेपालीहरुको कथामा केदार बरुवालको मन छुने गीत ‘मन छोडी’ सार्वजनिक (भिडियो )

अस्ट्रेलियामा बसेर नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो भिन्दै पहिचान बनाउन सफल गायक केदार बरुवाल छेत्रीको नया गीतको भिडियो सार्वजनिक भएको छ। ‘मन छोडी’ बोलको निकै मार्मिक गीतमा नेपालीहरुको बिदेशको पीडा बोकेको समसामयिक कथालाई निकै कलात्मक तरिकाले देखाउन खोजिएको छ ।

रबि मल्लको शब्द अनि कल्याण सिंहको संगीत रहेको मार्मिक गीतलाई चर्चित निर्देशक सशान कंडेलले निकै उत्कृस्ट तरिकाले भिडियोमा उतार्न सफल भएका छन।

गीतको भिडियोमा चर्चित कलाकारहरु आकाश श्रेष्ठ र सृष्टि खड्काको बेजोड अभिनय रहेको छ।नवराज उप्रेतीको छायांकन रहेको यस भिडियोलाई बिकास दाहालले सम्पादन गरेका हुन। भिडियोलाई गायक केदार बरुवाल छेत्री अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

Namaste Filmy

Read Previous

अक्षय कुमारको ‘मिशन मंगल’ले भारतमा २०० करोड कमायो

Read Next

“मिस्टर एण्ड मिस स्टार चितवन २०१९ ” हुँदै,अडिसन असोज ४ मा हुने