निश्चल बस्नेत अभिनित चलचित्र ‘घामड शेरे’को फर्स्टलुक पोस्टर सार्वजनिक

चलचित्र ‘घामड शेरे’ फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । हेमराज बिसी निर्देशित चलचित्रको पोस्टरमा चलचित्रका मुख्य कलाकार निश्चल बस्नेत मात्र अटाएका छन् ।निश्चलको लूक्सले दर्शकको ध्यान केन्द्रित गर्छ । उनि धुलोले छोपिएको यात्रु देखिएका छन् । अभिनेत्री स्वस्तिमा खड्कालाई भने पोष्टरमा स्थान दिईएको छैन्।

चलचित्रमा मा , पटकथा र लगानी पनि निर्देशक बिसीकै छ । बिसी मोसन पिक्चर्स व्यानरमा निर्माण भएको सिनेमामा शुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक र रोयको पनि अभिनय छ । यस्तै अभिनेत्री गौरी मल्लको अतिथि भूमिका बताइएको छ ।

नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको सिनेमामा नरेन्द्र मैनालीको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । तिहारको अवसर पारेर कार्तिक ८ बाट चलचित्र प्रदर्शनमा आउदैछ ।

Namaste Filmy

Read Previous

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले गर्यो क्रिकेट रंगशाला निर्माणको लागि तिन लाख सहयोग

Read Next

दिवाकर भट्टराईको चलचित्र ‘तिमीसँगै हुने मन छ’मा रविन्द्र झा अनुबन्धित