निश्चल बस्नेत र सन्दीप क्षेत्री लिएर माधव वाग्लेले चलचित्र ‘पारस’ निर्देशन गर्ने

निर्माता माधव वाग्लेले अब निर्देशन पनि गर्ने भएका छन् ।लामो समय देखि चलचित्र निर्माण गर्दै आएका माधव वाग्लेले अब चलचित्र ‘पारस’ : द अनलक्की म्यान’ बनाउने भएका छन् ।

‘लुट’ निर्माताले यस फिल्ममा लुटका निर्देशक निश्चल बस्नेतलाई नै लिड रोलमा लिएर फिल्म बनाउन लागेका हुन् ।लभस्टोरी जनराको ‘पारस’मा निश्चल बस्नेत र सन्दीप क्षेत्री फाइनल भएका छन् ।चलचित्रको नाम झट्ट सुन्दा पुर्वयुवराज पारसको जीवनीमा आधारित हुन् सक्ने अनुमान गर्न सकिन्छ । तर, निर्माता हुँदै निर्देशक बन्न लागेका वाग्ले पारससँग चलचित्रको कथा सम्बन्धित नरहेको बताउछन ।

चलचित्रको छायांकन सुरु नहुँदै निर्माता वाग्लेले प्रदर्शन मिति पनि घोषणा गरेका छन् । फिल्मको छायांकन तिहारपछि सुरु हुनेछ ।चलचित्र चैत २८ गते प्रदर्शनमा आउने बताए ।ग्लेले फस्र्ट लभ’,‘लुट’,‘लुट–२’,‘चंगा चेट लगायतका चलचित्र निर्माण गरि सकेका छन् ।

Namaste Filmy

Read Previous

दयाहाङ राई र उपासना सिंह ठकुरी‘माया पिरती’ सार्वजनिक (भिडियो)

Read Next

चर्चित गायक राजेश पायल राईको घरमा आगलागी