बहुप्रतिक्षित सिनेमा ‘साइरा नरसिम्हा रेड्डी’ ट्रेलर सार्वजनिक (भिडियो)

तेलुगु मल्टीस्टारर बहुप्रतिक्षित सिनेमा ‘साइरा नरसिम्हा रेड्डी’ ट्रेलर सार्वजनिक गरिएको छ । गान्धी जयन्तिको अवसर पारेर अक्टुबर २ मा रिलिज हुने भएको छ । ब्याकग्राउण्ड स्कोर, संवाद, कलाकारको भिन्न अवतार, उत्कृष्ट भिएफएक्स, भव्य सेटले सिनेमाको वजन प्रस्ट्याउछ ।ऐतिहाँसिक व्यक्तित्व उइलावाडा नरसिम्हा रेड्डीको जीवनीमा आधारित सिनेमा तेलुगु मेगास्टार चिरन्जीवी, बलिउड मेगास्टार अमिताभ बच्चनसँगै किचा सुदीप, विजय सेतुपति, जगपति बाबु, रवि किसन, नयनतारा, तमन्ना, निहारिकाजस्ता स्टार कलाकारको अभिनय छ ।

अब अक्टुबर २ मा रिलिज हुने भएपछि बलिउडमा ठुलो भिडन्त पक्का भएको छ । यहि मितिमा ऋतिक रोशन र टाइगर श्रोफ स्टारर ‘वार’ पनि रिलिज हुँदैछ । यी दुईको नेपाली रिलिज मिति असोज १५ हुन्छ । नेपाली सिनेमाको लागि सबैभन्दा उत्तम मानिएको दशैँ बीच दुई ठुला विदेशी सिनेमा रिलिज हुँदा कुनै पनि ठुला नेपाली सिनेमा रिलिज नहुने भएका छन् ।

Namaste Filmy

Read Previous

‘कबड्डी कबड्डी कबड्डी’लाई मल्टिप्लेक्समा अहिलेसम्मकै उच्च शो

Read Next

चलचित्र ‘रामायण’मा ऋतिक रोशन र प्रभाससगै काम गर्दै