अभिनेता बिपिन कार्की बेहुली लिन “बटौली”हिने (भिडियो)

गायक मनिष ढकालले आफ्नो बिल्कुलै नयाँ गीत ” बटौली ” लिएर आएका छन ।ढकालले यस अघि ” परदेशी नभन ” ,” तिलहरी ” लगायत अन्य थुप्रै चर्चित र पृथक गीत संगीत दर्शक तथा स्रोता समू लिएर आईसकेका छन् ।

” बटौली ” बोलको यस गीतमा शब्द हर्क साउदले लेखेका हुन भने संगीत एस डी योगीको रहेको छ । गीतको संगीत संयोजन भने रिकेश गुरुङ ” किज ” ले गरेका हुन ।

सुन्दर कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोमा बिपिन कार्की , अनु काफ्ले , सुमन मगर , मनांग लावती , मनिष ढकाल , हर्क साउद , साजन सुबेदी र अन्य कलाकारको बेजोड अभिनय देख्न सकिन्छ ।

बबिन दुलालले छायांकन गरेको भिडियोमा फुरी शेर्पा सहायक छायाकारका रुपमा रहेका छन। सुनिल पौडेलले भिडियोलाई सम्पादन गरेका हुन नबिन चौहानले निर्देशनले गरेको भिडियोमा पुकार मणि राई सहायक निर्देशकका रुपमा रहेका छन।

Namaste Filmy

Read Previous

युवराज कार्कीको गजल ‘पिलाए पछि’ मा अन्जली अधिकारीले कम्मर मर्काए पछि (भिडियो)

Read Next

चलचित्र ‘लप्पन छप्पन २’ को फस्टलुक पोस्टर सार्वजनिक