चलचित्र ‘लप्पन छप्पन २’ को फस्टलुक पोस्टर सार्वजनिक

मल्टीस्टारर चलचित्र ‘लप्पन छप्पन २’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सिनेमा मुख्य कलाकार सौगात मल्ल र अर्पण थापा मात्र अटाएका छन् । सिनेमाको पोस्टर निकै आकर्षक बनाइएको छ । पोस्टरमा सौगात र अर्पणलाई निकै फरक लुक्समा देख्न सकिन्छ । अभिनेता अर्पणको हेयर स्टाइलले दर्शकको ध्यान खिच्ने देखिन्छसिनेमा ‘लप्पन छप्पन २’ मा सौगात र अर्पणले नेगेटिभ भुमिका निर्वाह गरेका छन् ।

मुकुन्द भट्टको निर्देशनमा निर्माण भएको ‘लप्पन छप्पन २’ मा सौगातको पिताको भूमिका अभिनेता शिव श्रेष्ठले निभाएका छन् । सिनेमामा सौगात र अर्पणका अलवा दयाहाङ राई, अनुप विक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, देव कुमारलगायतका कलाकारहरुको पनि अभिनय छ ।

इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स पिक्चर्स ब्यानरमा सिनेमालाई चिज कुमार श्रेष्ठ र प्रजापती शिवाकोटी मिलेर निर्माण गर्नेछन् । प्रकास कुँवर र निर्मलकुमार मिश्र कार्यकारी निर्माता रहेको सिनेमाको सह-निर्मातामा उमेश पोखरेल, सोनु गुरुङ श्रेष्ठ र खिलेन्द्र तिम्सिना छन् । सुरेन्द्र पौडेलको सम्पादन रहने सिनेमालाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।एक्सन जनरामा निर्माण हुने ‘लप्पन छप्पन २’लाई महाशिवरात्रीको अवसर पारेर फागुन ९ गते रिलिजको घोषणा पनि गरिएको छ ।

Namaste Filmy

Read Previous

अभिनेता बिपिन कार्की बेहुली लिन “बटौली”हिने (भिडियो)

Read Next

चलचित्र “गोर्खे ” को “गाउँ भरि हल्ला भो “बोलको गीत सार्वजनिक (भिडियो)