चलचित्र “गोर्खे ” को “गाउँ भरि हल्ला भो “बोलको गीत सार्वजनिक (भिडियो)

चलचित्र “गोर्खे ” को “गाउँ भरि हल्ला ” बोलको गीत सार्वजनिक भएको छ।गीतमा अर्जुन गुरुङ र एन्जल श्रेष्ठ फिचड गरिएको छ। भुसण खतियोडाको स्वर रहेको यस गीतमा शब्द / संगीत भने हरि लम्सालको रहेको छ। यसअघि सार्वजनिक गरिएको सिनेमाको एक गित “सिन्के अचार ” अहिले निकै हिट पनि छ। गीतमा कोरियोग्राफी भने शिब बिकले गरेका छन ।

कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाको निर्माणमा तयार भएको सिनेमामा रबिन्द्र प्रताप सेन,अन्जली अधिकारी,अर्जुन गुरुङ्ग,आश्मी लामा,आश्मी श्रेष्ठ,एन्जेल श्रेष्ठ ,बाल्दिप राई लगायतकाको प्रमुख अभिनय रहेको छ।

पाल्पा ,बर्दघाट,धम्पुस,पोखरा र काठमाण्डौ लगायत नेपालको रमणीय स्थानहरुमा छायांकन गरिएको यस सिनेमालाई निर्देशक शंकर महर्जनले निर्देशन गरेकाहुन। हिमाल के सीको द्वोन्द निर्देशन रहेको यस सिनेमाले गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको पात्र लाई सिनेमामा देख्न पाईने बताए निर्माता हरि थापाले।

सौरब लामा र निरज कंडेलले खिचेको यस सिनेमाको कथा भने काजी लिम्बुले लेखेका हुन। करिब ४५ दिनमा छायांकन सकिएको छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको यस चलचित्रलाई मित्र डी गुरुङको सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

चलचित्र ‘लप्पन छप्पन २’ को फस्टलुक पोस्टर सार्वजनिक

Read Next

शिव परियारको ‘मंगली २’‘मा कार्टुन क्रुज’का सरोज र आश्माको रोमान्स (भिडियो)