शिव परियारको ‘मंगली २’‘मा कार्टुन क्रुज’का सरोज र आश्माको रोमान्स (भिडियो)

चर्चित गायक शिव परियारको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ ।  ‘भेट हुदाँ’ बोलको गीत बिहिबार  सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतलाई शिव परियारको सफल गीत ‘मंगली’को दोस्रो भाग ‘मंगली २’ पनि भनिएको छ । गीतमा प्रहाल्द शाहको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीत रहेको छ ।

गीतको भिडियोमा ‘कार्टुन क्रुज’का दुई मुख्य कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ । रमणिय स्थाल साँघामा खिचिएको भिडियो फिल्मी स्टाइलमा तयार गरिएको छ ।


शान थापाको निर्देशनमा बनेको यस भिडियोमा गम्भिर विष्टएको नृत्य निर्देशन रहेको छ । बुद्ध थापाले खिचेको भिडियोलाई विकास ज्ञावलीले सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

चलचित्र “गोर्खे ” को “गाउँ भरि हल्ला भो “बोलको गीत सार्वजनिक (भिडियो)

Read Next

सात प्रदेशमा गृष्मा ब्रोर्डकास्टिङले कात्तिक अन्तिममा ‘सप्तरंग २’ गर्दै