बहुप्रतिक्षीत चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक (भिडियो)

यो बर्षको बहुप्रतिक्षीत चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरमा गाउँमा राजनीतिक पृष्ठभूमीमा हुर्किएको एक पुरुष र एक यूवतीको कथा प्रस्तुत गरिएको छ ।

चलचित्र ‘छ माया छपक्कै’मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टको मुख्य भूमिका रहेको छ ।चलचित्रमा दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको छ ।

चलचित्र ‘छ माया छपक्कै’ असोजको २४ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा दिपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीको संवाद, दिपकराज गिरीको पटकथा छ । विपिन मल्लको सम्पादन रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन, हरि हुमागाँइको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ ।

रोहित अधिकारी फिल्मस्, आमा सरस्वती मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् ।जितु नेपाल र केदार घिमीरे कार्यकारी निर्माता रहेको फिल्मको सह निर्मातामा सुमन गिरी,ताराचन्द्र बजगाइ,केशब न्यौपाने,रबिन डाँगीलगायत छन् ।

password

Namaste Filmy

Read Previous

चलचित्र ‘माया पिरिम’को फर्स्टलुक पोस्टर सार्वजनिक

Read Next

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ देशैभरि हाउसफुल,चितवनमा मात्रै १० लाख कलेक्सन