चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ देशैभरि हाउसफुल,चितवनमा मात्रै १० लाख कलेक्सन

आज शुक्रबारबाट प्रदर्शनमा आएको बहुप्रतिक्षित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ वर्षकै ठूलो ‘ओपनिङ’ गरिएको छ ।प्रदर्शनमा आएको पहिलो दिननै देश भरिका सिंगल र मल्टिप्लेक्समा चलचित्रले दर्शकको ठुलो साथ पाएको छ । चलचित्रले देशका सबैजसो हलमा हाउसफुलको व्यापार गरेको छ ।चलचित्रले पछिलो समय ‘छक्का पन्जा ३’ पछि सबै भन्दा ठुलो ‘ओपनिङ’गरेको छ ।

संविधान दिवसको दिन आज सार्बजनिक बिदाले गर्दा पनि चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले राजधानीको मल्टिप्लेक्सहरु तथा गोपी,अष्टनारायण, गुण, गंगालगायतका सिंगल हलमा फिल्म हेन्रे दर्शकको ठुलै भिड लागेको थियो ।चलचित्रले राजधानीभित्र झैँ बाहिरका मेजर स्टेशन नारायणगढ, पोखरा, हेटौँडा, बुटवल, बिर्तामोड सबैतिर उत्तिकै मात्रामा दर्शकको साथ पाएको छ ।

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ आज मात्रै चितवनमा १० लाखको हाराहारी व्यापार गरेको छ भने पोखरामा यसको नजिकको व्यापार गरेको छ ।पछिलो समय नेपाली फिल्म हेर्ने दर्शकको संख्या घटेको बेला ‘कबड्डी कबड्डी कबड्डी’ हेर्न भने जनसागर नै हलमा उल्रिएको छ ।चलचित्रले
आज शुक्रबार मात्रै एक करोड बिस लाख माथिको व्यापार गरेको अनुमान गरिएको छ।चलचित्रलाई दर्शकले राम्रो बनेको प्रतिक्रिया दिएका छन् भने भोलिको दिन बाट चलचित्रको व्यापार अझै बढ्ने संकेत देखिएको छ ।

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ राई, उपसना सिंह ठकुरी,कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गरुङ, कविता आले, लोनिभा तलाधर, कमल मनी नेपाल अरुणा कार्की पोखरेल, शिला खनाल मनी के. राई लगायत कलाकारको अभिनय रहेको छ ।

‘कबड्डी कबड्डी कबड्डी’ लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।चचित्रमा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियारको लगानी रहेको छ । ‘कबड्डी कबड्डी कबड्डी’को कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् ।शैलेन्द्र डि. कार्कीले छायांकन गरको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् ।

password

Namaste Filmy

Read Previous

बहुप्रतिक्षीत चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक (भिडियो)

Read Next

स्मिता दाहाल र राजनराज शिवाकोटीको गीत ‘मायालु तिमी कहाँ छौ’ करोड क्लबमा