स्मिता दाहाल र राजनराज शिवाकोटीको गीत ‘मायालु तिमी कहाँ छौ’ करोड क्लबमा

गायिका स्मिता दाहाल र राजनराज शिवाकोटीको स्वर रहेको गीत ‘मायालु तिमी कहाँ छौ’ले युट्युबमा एक करोड भ्युज कटाएको छ । ६ अगस्टमा युट्युबमा राखिएको यो गीतले ४५ दिनमानै करोड क्लबमा प्रवेश गरेको छ ।

शुक्रबार साँझसम्म ‘मायालु तिमी कता छौं’लाई एक करोड १८ हजार बढी पटक हेरिएको छ । अहिले सम्म १ लाख ४३ हजार भन्दा धेरै लाइक र ६ हजार ८ सय डिस लाइक प्राप्त गरेको छ । ४ हजार ३ सय भन्दा धेरैले युट्युबमा कमेन्ट गरेका छन् ।आफ्नो गीतलाई करोड बढी भ्युज भएपछि सामाजिक सञ्जाल फेसबुक मार्फत गायिका दाहालले सबैलाई धन्यवाद दिएकी छिन् ।

दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराजकै संगीत छ भने उदयराज पौडेलको संगीत संयोजन र श्याम सोहित रसाईलीले गीत मिक्सींग गरेका हुन् ।गीतको म्युजिक भिडियो ‘कार्टुन्ज क्रु’का प्रमुख कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ ।भिडियोमा गायिका स्मीता दाहालले पनि पानी रुज्दै नृत्य गरेकी छिन् ।

राजु पेन्टरद्धारा निर्मित सेटमा छायाँकन गरिएको भिडियो सञ्जय लामाले खिचेका हुन् । विक्रम स्वारको कोरियोग्राफी, राज कुमार उप्रतिको स्टन्ट, सन्देश शाहको सम्पादन रहेको भिडियोको कलर संयोजन रेनीश फागोले गरेका हुन् ।

Namaste Filmy

Read Previous

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ देशैभरि हाउसफुल,चितवनमा मात्रै १० लाख कलेक्सन

Read Next

निखिल उप्रेती लोकदोहारी गीत‘धानको चामल धानैको चिउरा…’ मा कला लम्सालसग नाच्दै (भिडियो)