निखिल उप्रेती लोकदोहारी गीत‘धानको चामल धानैको चिउरा…’ मा कला लम्सालसग नाच्दै (भिडियो)

एक्सन हिरो निखिल उप्रेती पहिलो पटक लोकदोहारी गीतमा देखिएका छन् ।करिब दुई वर्षदेखि चलचित्रको पर्दामा नदेखिएका निखिल उप्रेतीले गायिका कला लम्सालको ‘धानको चामल धानैको चिउरा…’ बोलको गीतमा कम्मर मर्काएका छन् । गीतमा नायक निखिल र गायिका कलाले अभिनय गरेका छन् ।

गीतमा बद्री पँगेनी, कला लम्साल र चन्द्र शर्माले स्वर दिएको छन् । रमेश बिसीले रचना रहेको गीतमा तिलक ओलीको संगीत रहेको छ । निखिलले फरक अनुभवका लागि लोकगीतमा अभिनय गरेको बताएका छन् । ‘खाली समयको सदुपयोगका लागि लोकगीतमा अभिनय गरेको हुँ,निखिले बताए ।’

गीतको भिडियो चर्चित नृत्य निर्देशन शिव बिकले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।आरोन अशोककुमार खिचेको भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

स्मिता दाहाल र राजनराज शिवाकोटीको गीत ‘मायालु तिमी कहाँ छौ’ करोड क्लबमा

Read Next

अनुप ओझाको फरक गीत ‘संसारै बैमानी’ सार्वजनिक (भिडियो)