‘मिस्टर एण्ड मिस स्टार चितवन २०१९’ को प्रथम अडिसन सम्पन्न

‘मिस्टर एण्ड मिस स्टार चितवन २०१९’ को प्रथम अडिसन शनिबार चितवन भरतपुरको पानारोमा गार्डेनमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहभागी प्रतिश्प्रधिहरुलाई ईभेन्ट अर्गनाईजर तथा इभेन्ट प्लानरक प्रमुख मिना झा , पत्रकार एवं चलचित्र निर्माता रबि अधिकारी र टेनर एवं शिक्षिका मौसुमी दत्तले जर्जको भूमिकामा रहेका थिए ।

पहिलो चरणको अडिसनमा ४१ जना प्रतिस्प्रधीहरु सहभागी रहेको कार्यक्रम अर्गनाइजर प्रमुख सरीता आचार्यले जानकारी दिनु भयो । नेपालमै पहिलो पटक फरक र पृथक शैलीमा यस इभेन्टलाई सफल बनाउने आयोजकसरीता आचार्यले बताउनु भयो ।आज पहिलो चरणको अडिसन सम्पन्न गरिएको र अर्को हप्ता अर्को चरणको अडिसन गरिने समेत उहाले जानकारी दिनुभयो ।

मिस्टर एण्ड मिस स्टार चितवन २०१९ मा बिशेष गरी १६ देखी ३० वर्ष उमेरका युवा युवतीहरुले सहभागी जनाएका थिए । सहभागी प्रतिश्प्रधिहरुले आफ्ना अन्य कला तथा ट्यालेन्ड प्रस्तुत गरेका थिए । यस कार्यक्रमको दि क्यानन् स्टुडियो चितवन र आइ टि सि इन्टरनेशनल ब्युटी पार्लरले स्पोन्सर गरेको थियो भने फोटो तथा भिडियो ग्राफी विकाश सापकोटा (अविरल) गरेका थिए ।

Namaste Filmy

Read Previous

लक्ष्मी निर्मल कोइरालको ‘मायाको मिटर‘’ सार्वजनिक (भिडियो)

Read Next

‘वार’को नयाँ गीतमा ऋतिक रोशन र टाइगर श्रोफ ‘जय जय शिवशंकर’भन्दै (भिडियो)