'मेरो बेस्ट फ्रेन्ड' हिरो भाइब्स म्यागजिनमा । कभर पेजमा पहिलो पटक पुरुष ।

[dropcap]वि[/dropcap]गत दुई बर्षदेखि निरन्तर प्रकाशन भइरहेको अत्याधिक रुचाइएको भाइब्स म्यागजिनको कभर पेजमा नायक रेश मरहठा लाई फिचर गरिएको छ । हालसम्म कुनैपनि पुरुष मोडललाई कभर पेजमा नसमेटेको भाइब्स म्यागजिनले पहिलो पटक रेश लाई कभर पेजमा स्थान दिएको हो । रेश संगै नायिका प्रियंका कार्की पनि कभर पेजमा छिन । यी दुवै नायक नायिका प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मेरो बेस्ट फ्रेन्ड’ को मुख्य कलाकारहरु हुन ।vibesफिल्मको रिलिज मिति नजिकिदै गर्दा फिल्मलाई पनि प्रमोशन हुने भएकोले यसरी पहिलोपटक पुरुष मोडल फिचर गरिएको म्यागजिनको भनाई छ ।
यता फिल्म ‘मेरो बेस्ट फ्रेन्ड’का निर्देशक प्रसन्न पौडेल भने आफु अचम्ममा परेको बताउछन । उनले कहिल्यै पनि पुरुष मोडललाई कभर पेजमा नसमेटेको भाइब्स म्यागजिनले फिल्म ‘मेरो बेस्ट फ्रेन्ड’को हिरोलाई यसरी समेट्नु आफुहरुको लागी सरप्राइज रहेको बताए । त्यस्तै रेश र ‘मेरो बेस्ट फ्रेन्ड’ अत्यन्त लक्की भएको पनि पौडेलले बताए ।
निर्देशक पौडेलले निर्देशन गरेको दोस्रो फिल्म ‘मेरो बेस्ट फ्रेन्ड’ आउदो जेठ ९ गते रिलिजको तयारीमा छ । यसअघि बैशाख २६ गते रिलिज हुने भनिएपनि फिल्मको रिलिज मिति पोस्टपोण्ड गरिएको हो । फिल्ममा रेश र प्रियंका संगै दिवस उप्रती, किरण लकौल, केकी अधिकारी, बिमलेश अधिकारी, सुनिल थापा, पुजा शर्मा, निर्मल शर्मा लगायतको अभिनय रहेका छ । प्रजिता बज्रचार्यले निर्माण गरेका फिल्मलाई बिदुर पाण्डेले खिचेका हुन ।

Namaste Filmy

Read Previous

यो निर्देशक समाज मैले विरासतबाट प्राप्त गरेको होइनः अध्यक्ष डिसि

Read Next

अक्षयकुमार लाई बिमानस्थलमा फिल्म सुटिङ गर्न रोक ।