स्मिता दाहाल र हिमाल सागरको ‘कल्लाई थाछैन’मा पुष्प खड्का र रेश्मा घिमिरे (भिडियो)

गायिका स्मिता दाहाल र हिमाल सागरको स्वर रहेको नया गीत ‘कल्लाई थाछैन’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । केहि दिन अघि मात्रै गायिका स्मिता दाहाल ‘मायालु तिमी कहाँ छौ’ गीतलाई युट्युबमा करोड भन्दा बढी पटक हेरी सकिएको छ । पछिल्लो समय स्मिता दाहालको स्वर रहेको गीतले सबैको मन जित्न सफल भैरहेको छ । अहिले सार्वजनिक भएको गीत ‘कल्लाई थाछैन’ पनि दर्शक तथा स्रोताले मन पराउने देखिन्छ ।

सार्वजनिक गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत दिएका हुन् भने शब्द यादव लम्सालको रहेको छ ।गीतको भिडियोमा अहिलेका चर्चित तथा ब्यस्त नायक पुष्प खड्का र रेश्मा घिमिरेलाई फिचरिंग गरिएको छ ।

गीतको भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् भने प्रविन सिंहले कोरियोग्राफी गरेका हुन्।नबराज उप्रेतीले खिचेको भिडियोलाई बिकाश ज्ञवाली ले सम्पादन गरेका हुन् ।

password

Namaste Filmy

Read Previous

राज पौडेलको ‘जति हेर्यो’मा भिमफेदी गाइज र एलिशा राई (भिडियो)

Read Next

चलचित्र ‘काले दाई’ को ’यो दुनिया मेरो लागि’ गीतमा सुरज थापाको स्वर (भिडियो)