चलचित्र ‘काले दाई’ को ’यो दुनिया मेरो लागि’ गीतमा सुरज थापाको स्वर (भिडियो)

बिजयादशमीको अवसर पारि असोज १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘काले दाई’को लिरिकल गीत सार्वजनिक गरिएको छ ।’यो दुनिया मेरो लागि’ बोलको सार्वजनिक गीतमा ‘नेपाल आइडल’ पहिलो सिजनका प्रतिस्पर्धी सुरज थापाको स्वरमा रहेको छ भने पवनवाङ लामाको संगीत रहेको छ । गीतमा शब्द इन्द्र राम्जाली र गोविन्द श्रेष्ठको रहेको छ ।

चलचित्रमा कलाकारहरु शिशिर भण्डारी, ईन्द्र रामजाली, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतको अभिनय रहेको छ।

चलचित्रलाइ शिव शर्माले निर्देशन गरेका हुन् । नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ।

चलचित्रको कथा ईन्द्र रामजाली र किशन अर्यालले लेखेका हुन् । चलचित्रमा पवन गौतमको छायांकन, कुमार महर्जनको द्धन्द्ध, रामजी लामिछानेको नृत्य निर्देशन तथा तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ । चलचित्रलाई उपत्यकामा आरआर फिल्मस्ले वितरण गर्नेछ।

password

Namaste Filmy

Read Previous

स्मिता दाहाल र हिमाल सागरको ‘कल्लाई थाछैन’मा पुष्प खड्का र रेश्मा घिमिरे (भिडियो)

Read Next

अनमोल केसीकी नायिका अदिती बुढाथोकी इन्स्टाग्राममा बेल्ड