चलचित्र ‘छक्का पञ्जा २’ यूट्युबमा रिलिज (भिडियो)

चलचित्र ‘छक्का पञ्जा २’ यूट्युबमा सार्वजनिक गरिएको छ । दुई वर्षअघि दशैंमा प्रदर्शनमा आएको चलचित्र सोमबार यूट्युबमा सार्वजनिक गरिएको हो।फिल्मलाई हाईलाइटस नेपालको युट्युब च्यानलमा हेर्न सकिनेछ ।

दीपाश्री निरौलाको निर्देशनमा तयार फिल्ममा दीपक राज गिरी, जितु नेपाल , केदार घिमिरे , शिवहरी पौडेल , प्रियंका कार्की , स्वस्तिमा खड्का , वर्षा राउत लगायतको अभिनय रहेको छ । चलचित्रका कलाकार तथा निर्माता दीपक राज गिरीका नुसार ‘छक्का पञ्जा ३’ समेत इन्टरनेटमा चाँडै आउने बताएका छन् ।

Namaste Filmy

Read Previous

अनमोल केसीकी नायिका अदिती बुढाथोकी इन्स्टाग्राममा बेल्ड

Read Next

प्रभास र हृतिक रोशनको रामायणमा श्रद्धा कपुर सिता बन्दै