सुपर स्टार नायक अनमोल केसी ‘धुपौरे’ बन्ने

सुपर स्टार नायक अनमोल केसी ‘धुपौरे’ बन्ने भएका छन् । उनले हालै मात्र एक नयाँ चलचित्र साइन गरेका छ्न् जसको नाम हो ‘धुपौरे’ । साम्तेन भुटियाको निर्देशन रहने चलचित्र ‘धुपौरे’मा आफु अनुबन्ध भएको अनमोलले सामाजिक सन्जाल मार्फत जानकाॠ दिएका छ्न् ।

सामाजिक सन्जालमा चलचित्रको एउटा फोटो सार्वजनिक गर्दै अनमोलले यस बारे जानकारी दिएका हुन् । जयन श्रेष्ठ र रुपेन्द्र खड्गीले निर्माण गर्न लागेको चलचित्रको छायांकन मंसिर २० गते देखी हुनेछ । चलचित्रको काठमाडौं, भैरहवा र दाङका बिभिन्न स्थानमा छायांकन हुनेछ ।

यस अघी उनले अभिनय गर्ने भनिएको एन्टी हिरो ढिलो हुने भएपछि ‘धुपौरे’ गर्न लागेको स्रोतको भनाई छ ।चलचित्रमा अनमोलको जोडी भने नयाँ खोजिने निर्माण टिमले बताएको छ । चलचित्रमा अनमोलको नायिका भने अहिले फाइनल भएको छैन । निर्माण युनिट नयाँ अनुहारको खोजीमा रहेको बताईएको छ । केही दिनको चलचित्रको कास्टिङ लाइनअप सार्वजनिक गर्ने निर्माण युनिटको तयारी रहेको छ ।

जेएस इन्टरटेनमेन्ट फिल्म प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र पूर्णतया कमर्सिल हुनेछ ।यो चलचित्रका लागि अनमोलले ५० लाखको पारिश्रमिक लिएको स्रोतको दाबी छ । यद्दपी यस बारे निर्माण युनिटले अहिले सम्म केही पनि खुलाएको छैन ।

Namaste Filmy

Read Previous

प्रभास र हृतिक रोशनको रामायणमा श्रद्धा कपुर सिता बन्दै

Read Next

प्रेम परियारको स्वरमा ‘पोई पर्यो काले’मा सौगात मल्ल र पूजा शर्मा नाच्ने (भिडियो)