अक्षयकुमार लाई बिमानस्थलमा फिल्म सुटिङ गर्न रोक ।

[dropcap][/dropcap]लिउड स्टार अक्षय कुमार सहित काठमण्डौमा रहेका हिन्दी फिल्मको छयांकन टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तत्कालका लागी सुटिङ गर्न नपाउने भएका छन् । सुटिङअघि पूरा गर्नुपर्ने केही शर्त अपुरो भएकाले तत्काल रोक लगाइएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।akshyaप्राधिकरणका महाप्रबन्धक ऋषिकेश शर्माले फिल्म छयांकन गर्न सरकार र प्रधिकारण संग अनुमति लिएर केहि शर्त पुरा गर्नुपर्ने बताउनुभयो । तर हिन्दी फिल्मको छयांकन टोलीले केही शर्त पुरा गर्न बाकी भएकोले तत्कालका लागी छयांकन स्थगित गरीएको उहाको भनाइ छ ।
के शर्त पूरा गर्न बाँकी छ भन्ने कुरा चाहिँ उहाँले खुलाउनु भएन । तर पछि शर्त पुरा गरी आएको खण्डमा छयांकन गर्न दिन सकिने पनि उहाको स्पष्टोक्ति थियो। फिल्ममा नेपालको एकमात्र अन्तराष्टिय विमानस्थल नराम्रो रहेको चित्रण गराउन खोजिएको भन्दै सर्वत्र आलोचना भइरहेको बेला प्राधिकरणले यस्तो निर्णय गरेको हो ।
चलचित्र बिकास बोर्डमा बस्न्ती नाम दर्ता गरी नेपालमा छयांकनको अनुमति लिएका उक्त हिन्दी फिल्म हाल काठमण्डौको विभिन्न स्थानमा छयांकन भइरहेको छ । निरज पाण्डेले निर्देशन गरिरहेको फिल्मका लागी अक्षयको अलवा तपसी पन्नु पनि नेपालमा छिन । उक्त भारतीय फिल्मको सहयोगीको रुपमा दर्जनौ नेपाली प्राविधिकहरु पनि आबद्ध रहेका छन ।

Namaste Filmy

Read Previous

'मेरो बेस्ट फ्रेन्ड' हिरो भाइब्स म्यागजिनमा । कभर पेजमा पहिलो पटक पुरुष ।

Read Next

अप्सरा र परी सग केहि कुरा चलाउदै नायक जीवन लुइटेल (भिडियो सहित )