दक्षिण भारतीय फिल्मका चर्चित कमेडियन वेणु माधवको निधन

दक्षिण भारतीय फिल्मका चर्चित कमेडियन वेणु माधवको निधन भएको छ । स्थानीय टिभी च्यानल स्टार मांका अनुसार आज दिउँसो १२ बजेर २० मिनेट जाँदा उनले अन्तिम सास लिएका हुन् । उनका परिवार र डाक्टरले यो खबरको पुष्टि गरेको भारतीय मिडिया अमर उजालाले लेखेको छ ।

सामाजिक संजालमा फ्यानहरुले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् । वेणुलाई सिकंदराबादको एक अस्पतालमा लाइफ सपोर्ट सिस्टमको सहारामा राखिएको थियो । माधव लामो समयदेखि मृगौला र कलेजोको समस्यासँग जुधिरहेका थिए । उनी मात्रै ३९ वर्षका थिए । डाक्टरहरुले कलेजो प्रत्यारोपण गर्नुपर्ने बताएका थिए । यही बीचमा उनको अचानक निधन भएको हो ।

Namaste Filmy

Read Previous

साम्राज्ञी राज्यलक्ष्मी शाह पढेको स्कुल पुगे चलचित्र ‘रातो टीका निधारमा’को युनिट

Read Next

बहुप्रतिक्षीत चलचित्र ‘छ माया छपक्कै’को अफिसियल पोस्टर रिलिज