अप्सरा र परी सग केहि कुरा चलाउदै नायक जीवन लुइटेल (भिडियो सहित )

केहि दिनअघि मात्र औपचारिक रुपमा रिलिज मिति घोषणा गरेको फिल्म शिशा को एक गीत सार्वजनिक भएको छ । गीतमा लक्की सिटौलाको शब्द संगीत रहेको छ भने स्वरुपराज आचार्यको स्वर रहेको छ ।
10311979_641924342556163_1644997872_nसिक्किमको विभिन्न रमणिय स्थानहरुमा छयांकन गरिएको गीतमा नायक जीवन लुईटेल र नायिका उमा बेबी फिचरीङ छन । फिल्मको रिलिज मिति अगामी साउन २३ गते तोकिएको छ ।ननस्टप क्रियशनको ब्यानरमा निर्मित फिल्मलाई निर्देशक आर बी के शरद ले निर्देशन गरेका हुन । फिल्ममा अजिता सुमार्गी, महेश ढुंगेल, मधुसुदन ढकाल र बिराट थापाको संयुक्त लगानी रहेको छ ।

सिक्किमका विभिन्न स्थानहरुमा छयांकन गरिएको फिल्ममा जीवन लुइटेलसंगै शर्मिला मल्ल, उमा बेबी, रागिनी खडगी, बिएस राणा, निर्मल सेन्चुरी लगायतको अभिनय रहेको छ । त्यस्तै फिल्ममा भारतीय फुटबल टीमका पुर्व कप्तान भाइचुङ भुटियाको पनि बिशेष भुमिकामा देखिनेछ ।त्यस्तै फिल्ममा तारा थापाको सम्पादन तथा कमल राई र दिनेश अधिकारीको नृत्य रहेको छ ।

Namaste Filmy

Read Previous

अक्षयकुमार लाई बिमानस्थलमा फिल्म सुटिङ गर्न रोक ।

Read Next

चलचित्र “ठूली” पोष्ट प्रोडक्सनमा । तिजको अवसर परेर प्रदर्शन गर्न