संचारकर्मी सरिता भारतीको ‘मेरो जवानी…’ सार्वजनिक (भिडियो)

संचारकर्मी , मोडल एवम् गायिका सरिता भारतीको नयाँ गीत ‘मेरो जवानी…’को भिडियो रिलिज गरिएको छ । लोक पप शैलीको यो गीत ‘डान्सिङ आईटम नम्बर’ बनेको छ । युवतीहरुलाई पैसा किन्न पाइँदैन, उनीहरुलाई मायाँ गरेर आफ्नो बनाउनु पर्छ भन्ने सन्देश यो गीतले दिन खोजेका गायिका सरिताले बताईन् ।

अहिले चर्चामा रहेकी बेली डान्सकी कलाकार बिनु शाक्यको यो गीतमा बेजोड नृत्य छ । बिनुसँगै मोडल अनिषा न्यौपाने र एलिना ठकुरीको नृत्य पनि त्यत्तिकै बेजोड छ । भिडियोमा अभिनेता मोडल रमेश चन्द सोडारीले पुरुष मोडलको भूमिका निभाएका छन् । भिडियोमा गायिका सरिता आफैं पनि मोडलको रुपमा छिन् ।

बलिउडमा लामो समय काम गरेर नेपाल आएका कोरियोग्राफर माईकल चन्दले यो भिडियोको कोरियोग्राफी गरेका हुन् । फ्रि स्टाईलको डान्स प्रस्तुत गरिएको उनको कोरियोग्राफी प्रसँसनीय छ । रामशरण उप्रेतीको छायाँकन र प्रदीप कँडेलको सम्पादनमा यो भिडियो तयार भएको हो । जसमा गायिका भारती र बिना राना मगरको सृँगार रहेको छ ।

ब्युटी न्युज नेपालको अफिसियल युट्युव च्यानलबाट रिलिज गरिएको यो भिडियोलाई डब्बु क्षत्रीले निर्देशन गरेका हुन् । गीतमा डब्बु क्षत्रीकै शब्द र जुगल डंगोलको सँगीत रहेको छ । गीतको संगीत संयोजन र रेकर्डिङ पनि जुगलले नै गरेका हुन् ।

Namaste Filmy

Read Previous

बहुप्रतिक्षीत चलचित्र ‘छ माया छपक्कै’को अफिसियल पोस्टर रिलिज

Read Next

नेपाल आईडल बिजेता बुद्ध लामाको “आफु भन्दा जेठी “सार्वजनिक (भिडियो)