फ्राइडे रिलिज :प्रतिक्षीत चलचित्र ‘रातो टीका निधारमा’ प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आजबाट नेपाली कथानक चलचित्र ‘रातो टीका निधारमा’ रिलिज  भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट ने नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘रातो टीका निधारमा’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘रातो टीका निधारमा’

आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘रातो टीका निधारमा’ प्रदर्शनमा आएको छ।चलचित्र ‘रातो टीका निधारमा’ लाई अशोक शर्माले निर्देशन गरेका हुन् ।

चलचित्र ‘रातो टीका निधारमा’साम्राज्ञी राज्यलक्ष्मी शाह ,अंकित शर्मा, रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।

Namaste Filmy

Read Previous

चलचित्र ‘रातो टीका निधारमा’को टिकट बुकिङ खुल्ला

Read Next

चर्चित गायक शिव परियारको स्वरमा मन छुने गीत ‘निष्ठुरी’को भिडियो सार्वजनिक