छविको फिल्मलाई पहिलोपटक ऋषिले निर्देशन गर्ने ।

हाल लज्जाको प्रि प्रोडक्सनमा ब्यस्त निर्माता छविराज ओझाले नयां फिल्म बनाउने मनस्थिति बनाइसकेका छन । उनले लज्जाको प्रदर्शन संगै काम थालिने फिल्मको निर्देशन जिम्मा भने ऋषि लामिछानेलाई दिएका छन ।gggत्यसो त छवि ओझा ब्यानरसंग फिल्म निर्देशनको लागी ऋषिले झन्डै दु बर्ष अघि नै एग्रिमेन्ट गरेका थिए । बाघ प्रोडुसरको रुपमा चिनिने छवि ओझाले नयां फिल्मको काम बैशाख पहिलो हप्तादेखि सुरु गरिने जनाएको छ । फिल्मको कलाकार र फिल्मको नाम भने उनले सार्वजनिक गरेका छैनन । अब छिट्टै औपचारिक रुपमा फिल्म घोषणाको निर्माण हुने उनको नयां प्रोजेक्टमा दिपक शर्माको संगीत रहनेछ । स्मरण रहो ऋषि र दिपक  दुवैको लागी छवि ओझा ब्यानरमा यो डेब्यु फिल्म हुनेछ ।

Namaste Filmy

Read Previous

निर्मल र शुभेच्छासंग राजनको यो सम्बन्ध

Read Next

माछाले स्तन छोप्ने शुभेच्छा भन्छिन : 'केही एक्स्ट्रा गरम न त भनेर यस्तो गरेका हौ ।'