चलचित्र “ठूली” पोष्ट प्रोडक्सनमा । तिजको अवसर परेर प्रदर्शन गर्न

राजेन्द्र कार्की
नेपाली समाजिक तथा सत्य तथ्य घटनामा आधारित चलचित्र “ठूली”को पोष्ट प्रोडक्सन कार्य तिब्रताका साथ भइरहेको छ । महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर रिलिज गरिने तयारी भइरहेको निर्माता पुष्कर पन्तले जानकारी दिनु भएको छ ।
10325659_10152345726090659_1933067939490641583_n
हाल अमेरिकामा रहनु भएका कलाकार तथा चलचित्रका मुख्य निर्माता पन्तले चलचित्र ठेट नेपाली कथावस्तु र अनुसन्धानमा आधारित भएकोले नेपाली दर्शकहरुले चलचित्र मनपराइदिनु हुनेछ भन्ने ठूलै आशा लिएको पनि बताउनु भएको छ । “आफु बाध्यतावस परेदशमा रहनु परेता पनि नेपाली कलासंस्कृतिको सम्झनाले सताइरहने भएकोले नेपाली समाजमा घटने गरेका यथार्थ कथावस्तुमा आधारित चलचित्र बनाउनु प्रेरित भएको छु, नेपाल र नेपालीको माया मैले कहिल्यै पनि विर्सेको छैन । दर्शकहरुले यस चलचित्रलाई मन पराइदिनु भएमा पुनः यस्तै कथावस्तुमा आधारित चलचित्रहरुको निमार्ण कार्यमा लागि परिरहने छु ।” बढो भावुक मुद्रामा निर्माता पन्तले टेलिफोन मार्फत नेपाली दर्शकहरुमा अनुरोध समेत गर्नु भएको छ ।
10275936_10152332955245659_3998854548361910196_n
सफल तथा सटिक निर्देशक एभरेष्ट सूर्य बोहराद्धारा निर्देशित चलचित्रमा मुख्य कलाकारहरु सुपर स्टार नायक जीवन लुइटेल, नायिका गरिमा पन्त रहेका छन भने बालकलाकार कन्चन ठकुरीको सशक्त भूमिका रहेको छ । चलचित्रका द्धन्द्ध निर्देश सुरेन्द्र शाह रहेका छन । काठमाण्डौंका केहि स्थानहरु र चितवनमा छायाँकन रहेको चलचित्रको मुख्य क्यामेरा पर्सन शेर बहादुर लामा रहेका छन । चलचित्र “ठूली” मा कथा तथा पटकथा एभरेष्ट सुर्य बोहराको रहेको छ भने चलचित्रको कार्यकारी निर्माता सुनिल बस्नेत हुन्  ।

Namaste Filmy

Read Previous

अप्सरा र परी सग केहि कुरा चलाउदै नायक जीवन लुइटेल (भिडियो सहित )

Read Next

विहे गर्दैछिन मोडल एवं नायिका अन्जु निरौला ।