अक्षय कुमार अभिनित मल्टीस्टारर फिल्म ‘हाउसफुल ४’ को ट्रेलर रिलिज (भिडियो)

अक्षय कुमारको मल्टीस्टारर फिल्म ‘हाउसफुल ४’ को ट्रेलर रिलिज भएको छ । २०१० मा सुरु भएको हाउसफुल फ्रेन्चाइजको यो चौथो फिल्म हो ।चलचित्रमा मुख्य कलाकारहरु २ नामबाट परिचित भएको देखाइएको छ । सन् १४१९ र सन् २०१९ को कथालाई चलचित्रले कमेडीको माध्यमबाट प्रस्तुत गरेको छ ।यसपटक फिल्मलाई पूर्वजन्मसँग जोडिएको छ ।

फिल्ममा अक्ष्य कुमारसँग रितेश देशमुख, बबी देओल, राणा दग्गुबती, कृति सेनन, कृति खदंबरा र पुजा हेगडे छन् । फिल्ममा नवाजुद्दिन सिद्दिकीको पनि विशेष भूमिका छ ।हरेक पटक हाउसफुल फ्रेन्चाइजको फिल्ममा फरक कथा हुन्छ । चंकी पाण्डेले पनि यो फिल्ममा कमब्याक गर्दैछन् ।

यो फिल्मका निर्देशक फरहाद समजी हुन् ।’हाउसफुल ४’ लाई साजिद नाडियाडवालाकोचलचित्र अक्टुबर २५ तारिखबाट रिलिज हुदैछ ।

password

Namaste Filmy

Read Previous

‘छ माया छपक्कै’मा दुर्गेश थापाको ‘बिच्च बिच्चमा’ प्रमोशनल गीत (भिडियो)

Read Next

कार्टुन्ज क्रु र भिमफेदी गाईज एक साथ मुरारी गुरागाईंको ‘अकेला दुकेला’मा (भिडियो)