विराज भट्टको चलचित्र ‘साङ्लो’को फस्टलुक सार्वजनिक,फागुन ९ मा रिलिज हुने

चलचित्र ‘साङ्लो’को फस्टलुक पोस्टर सार्वजनिक गर्दै नयाँ रिलिज मिति सार्वजनिक गरिएको छ ।यस अघि छठको अवसर पारेर कार्तिक १५ गते रिलिज हुने घोषणा गरिएको ‘साङ्लो’ अब फागुन ९ गते रिलिज हुने भएको छ।चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेता विराज भट्टलॆए मात्रै प्रस्तुत गरिएको छ ।

विराज भट्टले निर्माण र निर्देशनमा डेब्यू गरेको चलचित्र ‘साङ्लो’ बाट मिस नेपाल-२०१७ निकिता चण्डकले नेपाली रजतपटमा डेब्यू गर्दैछिन्।चलचित्रमा विराज तथा निकिता सगै प्रकाश शाह, कामेश्वर चौरसिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीको पनि अभिनय रहेको छ ।

काठमाडौं, सुदुर पश्चिम डोटीको जोराइल, खप्तड र मुस्ताङमा चलचित्रको छायांकन गरिएको चलचित्रलाई मानकृष्ण महर्जनले खिचेका हुन् । चलचित्रमा शिवम अधिकारीको पटकथा तथा संवाद, श्री श्रेष्ठले द्वन्द्व सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुको संगीत र कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहको छ । विराज भटट् फिल्म प्रोडक्सन प्रालीको व्यानरमा निर्मित चलचित्रमा तेज बहादु खड्काको पनि लगानी छ ।

Namaste Filmy

Read Previous

चलचित्र ‘मिस्टर नेपाली’‘हे मेरा परदेशी दाजु भाई’बोलको मार्मिक गीत सार्वजनिक (भिडियो)

Read Next

सुमन केसी र मेलिना राईको स्वरमा ‘तीनजुरेको डाँडा’ गीतको भिडियो सार्वजनिक