एलिशा शर्माको ’जवानी’ हेर्दै आर्यन सिग्देल (भिडियो)

नेपाली फिल्म ’च च हुई’ को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक पहिलो गीत ’सिल्की सिल्की’ बालको सफलतापछी यतिबेला दोस्रो गीत ’जवानी’ सार्वजनिक गरेको छ । सार्वजनिक आइटम गीतमा आर्यन सिग्देल र एलिशा शर्मा देखिएकी छिन् ।

केहि दिन अगाडी बालाजु स्थित एनएफडिसीमा भव्य सेट लगाएर गीतको छायाँकन गरिएको थियो । शिशिर खातीको कोरियोग्राफीमा तयार गीतलाई आकर्षक देखाउन निर्माण पक्षले केहि सम्झौता गरेको छैन । गीतमा आर्यन र एलिशाको ग्लामर अवतारलाइ समेटिएको छ । गीतमा निर्देशक साम्तेन भुटिया र बिनय सापकोटाको शब्द रहेको छ भने यसलाई रोशन थापाले संगीत भरेका हुन् । लुको उध्रेको चोली र जात्राको नोट नोट जस्ता गीत तयार पारेर चर्चामा आएका रोशनले यस गीतमा स्वर पनि दिएका छन् । उनलाई गायनमा सुमन गुरुङले साथ् दिएका छन् ।

आउँदो मङ्सिर ६ गते प्रदर्शन हुने फिल्ममा निर्देशन र सम्पादन साम्तेनको रहेको छ । फिल्ममा आर्यनसँगै भोलाराज सापकोटा , मिरुना मगर ,माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको अभिनय छ । रोमान्टिक कमेडी जनरमा तयार भएको फिल्मलाई भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसैफिल्म मार्फत निर्माणमा आउँदैछन् ।

यस फिल्ममा सुशन प्रजापतिको छायाँकन रहेको छ । ‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी , सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । यसमा निमालामाको मेकअप , रेनिश फागोको कलर करेक्सन , श्री श्रेष्ठको द्वन्द , शिशिर खातीको कोरियोग्राफी , सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ ।

password

Namaste Filmy

Read Previous

सलमान खान कालो हरिण शिकार मुद्दामा अदालतमा उपस्थित भएनन्

Read Next

’सरौतो’ को ’केहि आधा’ मा सुमी मोक्तान र सन्नी सिंहको रोमान्स (भिडियो)