’सरौतो’ को ’केहि आधा’ मा सुमी मोक्तान र सन्नी सिंहको रोमान्स (भिडियो)

कार्तिक २२ गतेबाट प्रदर्शनमा आउने फिल्म ’सरौतो’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । पहिलो गीत ’कुले दाइ’ ले चर्चा पाउदै गर्दा निर्माण पक्षले फिल्मको टिजरपछी दोस्रो गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीत ’केहि आधा’ मा सुमी मोक्तान र सन्नी सिंह फिचर्ड छन् । अघिल्लो गीत कुले दाइमा पनि सुमी र सन्नी देखिएका थिए भने टिजरमा दर्शकले सुमीको एक्सनलाई देखेको थियो । शनिवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा पुष्पन प्रधानको शब्द , संगीत र स्वर रहेको छ । गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् भने यसमा कोरियोग्राफी र छायाँकन पनि निर्देशक हरी हुमागाईंकै रहेको छ । म्युजिक भिडियो र एडमा चिनिएको नाम हरी यसै फिल्म मार्फत निर्देशनमा समेत डेब्यु गर्दैछन् । गीतलाइ उनले फिल्मकै कथाअनुसार तयार गरेका छन् । गीतलाई १४ दिन लगाएर नेपालको हरेक प्रदेशमा छायाँकन गरिएको छ । गीतलाई बन्दीपुर , पोखरा , धम्पुस , मुस्ताङ , लुम्बिनी , सौराहा , जनकपुरमा छायाँकन गरिएको हो । गीतले नेपाल सरकारको अभियान भिजिट २०२० लाइ पनि सपोर्ट गर्ने विश्वास फिल्म युनिटको रहेको छ ।

फिल्ममा सुमी र सन्नीसँगै लियो ट्यांक , विजय लामा , युवराज लामा , धिरेन शाक्य, आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतको अभिनय रहेको छ । विजय , युवराज र धिरेनको उपस्थितिले दर्शकलाई पुरानो दिनको याद गराउन सक्छ । सिनेम्याटोग्राफीमा बलियो नाम हरी हुमागाईंको डेब्यु निर्देशन रहेको फिल्ममा रिभेन्जको कथा देखाइएको छ । बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ ।

फिल्ममा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन , प्रविन मानन्धरको कलर , ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो , शंकर महर्जनको एक्सन रहनेछ । यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्रीको संगीत रहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांगको स्वर दिएका छन् । यसलाई काठमाडौँ , सिम्रौनगठ लगायतका तराइको स्थानमा मुख्य रुपमा छायांकन गरिएको छ ।

password

Namaste Filmy

Read Previous

एलिशा शर्माको ’जवानी’ हेर्दै आर्यन सिग्देल (भिडियो)

Read Next

निर्देशक निगम श्रेष्ठले ‘छड्के २ ’ बनाउने