राजेश हमाल र करिश्मा मानन्धर ‘चट्ट बसम देउराली’को भिडियोमा

महानायक राजेश हमाल र सुन्दरी नायिका करिश्मा मानन्धरको बेजोड अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको छ । कुनै समयको चलचित्रको सर्वाधिक रुचाइएको यो जोडीले लामो समयपछि एकसाथ ‘चट्ट बसम देउराली’ बोलको गीत मार्फत प्रस्तुत गरिएको छ । गीत सार्वजनिक गरिए लगत्तै दर्शकहरुले खुबै रुचाएका छन् ।

सार्वजनिक भिडियोले राजेश र करिश्माको पुरानो कामलाई समेत स्मरण गराउने र प्रेमाभाव प्रकट गर्दा प्रेमीले प्रेमीकालाई आफ्नो बनाउन नसक्दाको कथालाई नजिकबाट देखाइएको छ । पछिल्लो पुस्ताका चर्चित गीतकार तथा संगीतकार दीपक शर्माका शब्द शृजनामा शर्माकै संगीत रहेको गीतमा लोकप्रिय गायिका मेलिना राई र भीम चापागाईको सुमधुर स्वर रहेको छ जसको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् ।

देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका छन् भने सम्पादन अच्युत बजागाइले गरेका हुन् । एट के अफिसियल च्यानलबाट सार्वजनिक गरिएको भिडियो रिलिज भए लगत्तै राम्रो चर्चा पाइरहेको गायक चापागाईले बताए ।

Namaste Filmy

Read Previous

निर्देशक निगम श्रेष्ठले ‘छड्के २ ’ बनाउने

Read Next

‘बादशाह जुट’ को ट्रेलरमा कमेडी र एक्सन (भिडियो)