निश्चल बस्नेतले स्वस्तिमा खड्कालाई ‘साली मन पर्‍यो’भने पछि (भिडियो)

चलचित्र ‘घामड शेरे’को पहिलो गीत सार्वजनिक भएको छ ।सार्वजनिक ‘साली मन पर्‍यो’ बोलको गीतमा कालीप्रसाद बाँस्कोटा र अस्मिता अधिकारीको स्वर रहेको छ ।कालीप्रसाद बाँस्कोटाको नै गीतमा शब्द र संगीत रहेको छ । गीतलाई प्रदीप लामाको कोरियोग्राफी गरेका हुन् ।

कार्तिक ८ गते प्रदर्शनमा आउने ‘घामड शेरे’ मा पहिलो पटक निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक जोडी बाँधेका छन् ।चलचित्र शुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक र रोयको पनि अभिनय रहेको छ । यस्तै अभिनेत्री गौरी मल्लको अतिथि भूमिका बताइएको छ ।

चलचित्रमा हेमराज बिसीको कथा, पटकथा, निर्देशन र लगानी रहेको छ । बिसी मोसन पिक्चर्स व्यानरमा निर्माण भएको नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेका छन् ।नरेन्द्र मैनालीको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ ।

Namaste Filmy

Read Previous

चलचित्र ‘घामड शेरे’को दोस्रो पोस्टरमा निश्चल र स्वस्तिमा रोमान्टिक मूडमा

Read Next

शुक्रबार ‘मन्त्र ब्याण्ड’ ब्याण्ड ले चितवन तताउने