शुक्रबार ‘मन्त्र ब्याण्ड’ ब्याण्ड ले चितवन तताउने

दार्जिलिङको चर्चित तथा लेजेन्ड्री रक ब्याण्ड ‘मन्त्र ब्याण्ड’ले चितवन तताउने भएको छ । यही असोज १७ गते शुक्रबार नारायणगढको नारायणी नदी किनारमा ‘मन्त्र ब्याण्ड’ को लाइभ कन्सर्ट हुने भएको हो । मन्त्रको २० औं बर्षको अवसरमा अहिले देशका मुख्य सहरहरुमा भईरहेको कन्सर्ट अन्तर्गतनै १७ गते चितवनमा पनि हुन लागेको हो ।

भरतपुरमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक वाईएसी इभेन्ट्स प्रा लिले कन्सर्ट बारे जानकारी गराएको हो । कन्सर्ट पहिले नै हुने भनिए पनि गत भाद्र २२ गते मन्त्रको टोली चढेको स्कार्पियो दुर्घटना भएपछी असोज १७ गतेलाई सारीएको आयोजकका सुशन राईले जानकारी दिए ।

भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै आयोजना गरिएको उक्त कन्सर्टमा ५ हजार दर्शकहरुको उपस्थिती रहने आयोजकको अनुमान रहेको छ । कन्सर्ट अवलोकनका लागि ३ सय र १ हजारको टिकटको व्यवस्था गरिएको छ । यस्तै भिआइपीका लागि ५ हजारको टिकट शुल्क निर्धारणा गरिएको छ ।

कन्सर्टमा १ हजारको टिकट खरिद गर्ने मध्य गोला प्रथाबाट ४ जनालाई वर्ल्ड लिंकले निशुल्क इन्टरनेट उपलब्ध गराउने बताईएको छ । अपरान्ह ४ बजेबाट शुरु हुने कन्सर्टमा स्थानिय ‘द क्ल्याउड्स ब्याण्ड’ को पनि बिशेष प्रस्तुती रहनेछ । मन्त्रको ‘सधैं सधैं’, ‘हिमाली नेपाली’, ‘बिर गोर्खाली’, ‘संस्कृती’, ‘आज किन’ लगायतका दर्जनौ सुपरहिट गीतहरु रहेका छन् ।

Namaste Filmy

Read Previous

निश्चल बस्नेतले स्वस्तिमा खड्कालाई ‘साली मन पर्‍यो’भने पछि (भिडियो)

Read Next

चलचित्र ‘पोई पर्यो काले’को कमेडी र सस्पेन्स ट्रेलर सार्वजनिक (भिडियो)