विहे गर्दैछिन मोडल एवं नायिका अन्जु निरौला ।

[dropcap][/dropcap]र्चित मोडल एवं नायिका अन्जु निरौला वैवाहिक बन्धनमा बाधिने भएकि छिन । उनले युके निवासी सुनिल कार्कीसँग बैशाख २५ गते अर्थात विहिबार लगनगाँठो कस्न लागेकी हुन् । विरुवागुठी–१, पर्सा घर भएकी अन्जुले बेल्वा–९, पर्सा घर भएका कार्कीसँग विवाह गर्न लागेकी हुन् ।anju-2बिहिबार एक भव्य समारोहका बीच उनको विवाह सम्पन्न हुनेछ । बनस्थलीमा सम्पन्न हुने विवाह समारोहमा कार्कीले निरौलालाई हिन्दु परम्पराअनुसार श्रीमती बनाउनेछन ।
सयौ म्यूजिक भिडियोमा अभिनय गरिसकेकी अन्जुले केही नेपाली चलचित्रमा पनि अभिनय गरिसकेकी छिन । उनले अभिनय गरेको फिल्महरुमा चेली, जंगवाज लगायतको रहेका छन । उनले कयौ टेलिफिल्महरुमा पनि अभिनय गरेकी छिन । यसरी सानो पर्दाबाटै अत्याधिक चिनिएकि अन्जुले विवाहपश्चात पनि आफ्नो अभिनयलाई निरन्तरता दिने बताएकी छिन् ।

Namaste Filmy

Read Previous

चलचित्र “ठूली” पोष्ट प्रोडक्सनमा । तिजको अवसर परेर प्रदर्शन गर्न

Read Next

अभिनेत्री बिद्या बालनको दाम्पत्य जीवन धरापमा ।