निर्देशक प्रदीप भट्टराईको नया चलचित्रमा मह जोडीले सहकार्य गर्ने

सफल निर्देशक प्रदीप भट्टराईको नया चलचित्रमा मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सहकार्य गर्ने भएका छन् ।‘जात्रा’ , ‘शत्रु गते’ र ‘जात्रै जात्रा’ जस्ता हिट फिल्म बनाएका निर्देशक प्रदीप भट्टराईले निर्माता रविन्द्रसिंह बानियाँको षटकोण आर्टस् र मह जोडीसग मिलेर नया फिल्म बनाउन लागेका हुन् ।

फिल्ममा प्रदीप भट्टराईकै लेखन तथा निर्देशन रहनेछ । फिल्मको नाम केहि दिनमा सार्वजनिक गर्ने तयारीमा रहेको टिमले रिलिज डेट भने आउँदो वर्ष २०७७ को कार्तिक ७ लाई तय गरेको छ ।फिल्ममा मह जोडीकै मुख्य भूमिका रहने अनुमान छ ।

अर्को बर्षको दशैंमा यस चलचित्र अघि नै निगम श्रेष्ठको ‘छड्के २’,अशोक शर्माको ‘अल्लारे २’आउने घोषणा गरिएको छ । तेस्तै ‘ छक्का पञ्जा ४’, ‘ए मेरो हजुर ४’ र अनमोल केसीको एन्टि हिरो आगामी दशैंमा आउने चर्चा चलि रहेको छ ।

Namaste Filmy

Read Previous

दीपेन्द्र के.खनाल निर्देशित चलचित्र ‘आमा’ को फर्स्टलुक पोस्टर सार्वजनिक

Read Next

ऋतिक रोशन र टाइगर श्रोफको ‘वार’ले पहिलो दिन कमायो ५३ करोड ३५ लाख