रवि ओड र अस्मिता अधिकारीको स्वरमा ‘चौबन्दीमा सजिएकी’को भिडियो सार्वजनिक

हाल अष्ट्रेलियामा रहेका गीतकार देवल भण्डारीको नयाँ गीत सार्वजनिक भएको छ । भण्डारीको शब्दमा रहेको ‘चौबन्दीमा सजिएकी’ (छ माया छपक्कै) बोलको गीत शुक्रबार सार्वजनिक भएको हो ।

सार्वजनिक लोक लयको गीतमा नेपाल आईडल सिजन २ का बिजेता रवि ओड र अस्मिता अधिकारीको आवाज रहेको छ । गीतमा आफुलाई मन परेको केटीको सौन्दर्यको बयान गरिएको छ । गीतमा दीपक शर्माको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा अहिलेका चर्चित अभिनेता नाजिर हुसेन, एलिसा राई, गायक रवि ओड र अस्मिता भट्ट फिचर्ड छन् । शान थापाले निर्देशन गरेको गीतको भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ । अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

password

Namaste Filmy

Read Previous

यस्तॊ छ नेपाली सेलिब्रेटीको दशैं

Read Next

प्रताप दासको नया गीत ‘झ्याम झ्याम’ को भिडियो सार्वजनिक